काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति असन्तुष्टि पोखेका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान देशवासीको नाममा सम्बोधन गर्दै सभामुखप्रति असन्तुष्टि पोखे ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएकोमा दुःख मनाउ गर्दै असन्तुष्टि जनाए । उनले प्रश्न गर्दै भने, ‘टेबुल गरिसकेका प्रतिवेदनहरु किन रोकिएको छ, रोक्न पाइँदैन, मिल्दैन ।’
सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा सम्झौता गरिएको थियो । त्यो संसदमा टेबल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक कुनै अधिकार कसैसँग हुँदैन । त्यो प्रस्तुत गर्नैपर्ने हुन्छ ।’ उनले राष्ट्रिय एकता नै अहिलेको आवश्यकता भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ बैशाख २०७८, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली