जनकपुरधाम । सप्तरीमा भैँसी बाँध्ने डोरीमा अल्झिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर ३ महुवा टोलकी करिब बस्ने ७० वर्षीया जयावती देवी मण्डलको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
मण्डल खेतमा भैँसी चराउन जाँदा एक्कासी भैँसी उम्केपछि भैँसीको डोरी हातमा अल्झिएको थियो।
डोरी अल्झेपछि भैँसीले घिसार्दा उनको टाउको, अनुहार र शरीरको विभिन्न भागमा चोट लागेको थियो। गम्भीर घाइते मण्डललाई तत्काल उपचारको लागि स्थानीय मेडिकल चनही तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३१ चैत्र २०७७, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु