सामान्य घाइतेलाई टिप्परले व्याक गरेर किच्यो

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, १२ : ०३
सामान्य घाइतेलाई टिप्परले व्याक गरेर किच्यो

इटहरी । कोशी राजमार्ग अन्तर्गत इटहरी–१ आँपगाछीमा बस कुरेर सडकमा उभिइरहेका ८२ वर्षीय कर्णबहादुर गुरूङ ।

सडक छेउमै उभिएका उनी बस चढेर कतै जाँदै थिए । बसको बाटो हेरेर कुरिबसेका थिए उनी । अचानक स्पिडमा टिप्पर आयो र उनलाई ठक्कर दियो । सडकमा पछारिए । उठ्ने कोशिस गर्दै थिए फेरि टिप्पर व्याक हुँदै आएर किच्यो । वृद्ध गुरुङको प्राणपखेरु घटनास्थलमै उड्यो । गुरुङ इटहरि १ का स्थानीय हुन्।

प्रदेश १–०२–००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई ठक्कर दिएर प्रहरीले जनाएको छ। सुनसरी प्रहरीका अनुसार आइतबार अपराह्न गुरूङलाई टिपरले सुरूमा ठक्कर दियो। सामान्य ठक्कर दिएपछि उठ्दै गरेका गुरूङलाई ब्याक गरेर किच्यो। ब्याक गरेर किचेपछि गुरूङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीले ब्याक गरि किचेर मारेको भन्दै स्थानीय आन्दोलनमा निस्किएका र अहिले केही आन्दोलन मथ्थर भएको जनाएका छन्। क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको सन्दर्भमा पीडित पक्षसँग छलफल भइरहेको प्रहरीले जनाएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस