कस्तो रहला आजको मौसम ?

सफल खबर संवाददाता

मंगलबार, ३१ चैत्र २०७७, ०७ : ३६
कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागहरूमा आंशिक बदली  रहेको छ र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  ।देशका धेरै स्थानहरूमा तुँवालो रहेको पनि महाशाखाको भनाइ छ ।  

महाशाखाले मंगलबार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा  रहने पूर्वानुमान गरेको छ । पहाडी भूभागका एकदुई स्थानमा अपरान्ह पछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै तुँवालोको असर पनि रहने छ।यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ ।
 

प्रतिक्रिया दिनुहोस