काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले जनसरोकारका विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् । शुन्य समयमा बोल्दै सांसद अन्जना विशंखेले दलले गरेको निर्णय समेत संसदीय समितिमा तुरुन्तै दर्ता हुन नसक्ने बताइन् । सेटिङको आधारमा मात्रै दर्ता हुने गरेको उनले बताइन् ।
सांसद अनिल कुमार झाले जेष्ठ नागरिक, अपाङ्ग तथा बालबालिका लगायतले सामाजिक सुरक्षा भत्ता पाउनका लागि निश्चित समयमा नविकरण आवश्यक रहेको र रोजगारीको शिलशिलामा स्थायी ठेगानाभन्दा बाहिर रहेकाले नविकरण गर्न नसक्दा भत्ताबाट बञ्चित हुनुपरेको भन्दै जुनसुकै ठाउँबाट पनि नविकरण गर्न सकिने व्यवस्था मिलाउन माग गरिन् ।
सांसद इन्दुकुमारी शर्माले सनकको भरमा संसद विघटन गराइएको तथा अझैपनि संसद विघटन गर्ने दाउपेच बनाइएको कवितात्मक शैलीमा बताइन् । सत्ता टिकाउनको लागि जसपालाई ललिपप देखाइएको र मधेशी जनतालाई फसाउन लागिएको बताइन् ।
सांसद कृष्णबहादुर राईले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले उद्देश्य अनुरुपको काम गर्न नसकेको बताए । समितिले परियोजना सम्पन्न गर्नेतर्फ अहिलेसम्म चासो नदेखाएकाले उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद खगराज अधिकारीले एमसीसी सम्झौतालाई संसदको विजनेश बनाउन माग गरे । एमसीसी नेपाली कांग्रेस र माओवादीको संयुक्त सरकारको पालामा सम्झौता भएको भएपनि सत्ता बाहिर हुँदा राष्ट्रिय हित अनुकुल बनाइने गरिएको बताए । एमसीसीलाई संसदको बहसको विषय बनाइनुपर्नेमा उनको जोड छ ।
सांसद खेमप्रसाद लोहनीले सरकारले ३ सय ९६ वटा आधारभुत अस्पतालको शिलान्यास गरिरहेको, मेलम्ची खानेपानी आयोजना उद्घाटन गरिरहेको, १ सय ६५ रणनीतिक सडकको शिलान्यास गरिरहेको र पालिकालाई केन्द्रसम्म जोड्ने सडकहरुलाई कालोपत्रे गर्ने योजना माग गरिरहेकाले धन्यवाद व्यक्त गरे ।
सांसद गगन कुमार थापाले दक्षिण कोरियाको भाषा तथा सीप परिक्षा उत्तिर्ण गरेका र नेपाल आएर कोरिया फर्किन नपाएका कामदारहरुलाई सरकारले वेवास्ता गरेको भन्दै उनीहरुलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताको सम्बन्धमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर सो को जानकारी सदनलाई गराउनको निम्ति सरकारको ध्यानाकर्षण गराए ।
सांसद गजेन्द्रबहादुर महतले सरकारले मेलम्चीलाई देखाएर पेट्रोल र डिजेलको भाउ बढाएको बताए । त्यसैगरी नुन, तेल र दालको पनि भाउ बढाएको उनले बताए । कोरोनालाई देखाएर ऋणमा डुबाएको पनि उनले बताए ।
सांसद गंगा चौधरी सत्गौवाले सरकार परिवर्तनको खेलमा लाग्न नहुने बताइन् । स्वार्थको राजनीति त्याग्नुपर्ने बताउँदै उनले नयाँ वर्ष २०७८ सालको शुभकामना व्यक्त गरिन् ।
सांसद घनश्याम खतिवडाले संसदको गरिमाको कुरा उठ्ने गरेको भन्दै अविश्वासको प्रस्ताव राख्न नसक्ने अनि सरकारको राजीनामा माग्ने गर्दा असंसदीय ढंगले चलेर संसदीय गरिमा खोजिरहेको बताए ।
सांसद चाँदतारा कुमारीले संसदीय समितिहरुले दिएको निर्देशन सरकारले सुनुवाई नगरेको बताइन् । उनले संसद विघटन हुने त्रासले सांसदहरु हतोत्साही भएको बताइन् ।
सांसद छक्क बहादुर लामाले हुम्लामा खाद्यान्नको खडेरी परेकाले हवाइ माध्यमबाट हुम्लामा पु¥याइने खाद्यको कोटा थप गर्न आग्रह गरे ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा समसामयिक राजनीतिको सम्बन्धमा विशेष समयमा पनि बोल्दै सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० चैत्र २०७७, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पुर्णपाठ)
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह