विपक्षी दलले गरे प्रदेशसभा बैठक अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, ३० चैत्र २०७७, १४ : २७
विपक्षी दलले गरे प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रससहितका दलले लगातार तोश्रो पटक प्रदेशसभाको बैठक अवरुद्ध गरेका छन् ।प्रदेश सभाको सोमबार बसेको बैठक ती दलले अबरुद्ध गरेका हुन्।बैठक संचालन भए लगतै प्रतिपक्षमा रहेका दलका संसदले उठेर संसद अबरुद्ध पारेका हुन्।

चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेका ती दलले नियमित बैठक अबरुद्ध गरेका हुन्।बैठक आगामी बैशाख ५ गतेसम्मको लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस