नयाँदिल्ली । भारत सरकारले फेरि एकपटक रेमडेसिभिरको औषधि निर्यातमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि घरेलु बजारमा अभाव नहोस् भनेर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निर्यातमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमितमाथि रेमडिसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।
‘भारतमा कोरोनाको केसमा वृद्धि देखिएको छ । ११ अप्रिल (सोमबार) सम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ । यसले गर्दा कोरोना बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको माग ह्वात्तै बढेको छ । आगामी दिनमा यो माग अझै बढ्नेछ देखिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतमा विगत केही दिनयता संक्रमण तीव्र बनेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार एकैदिन १ लाख ५२ हजार नयाँ संक्रमित थपिएका छन् । जुन गत वर्ष महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढी नयाँ संक्रमित थपिएको यो छैटौं दिन हो । भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ३३ लाख नाघेको छ ।
त्यसमध्ये संक्रिय संक्रमितको संख्या दस लाखभन्दा बढी छ । त्यसैगरी दैनिक मृत्युदर पनि बढ्दो क्रममा छ । शुक्रबार मात्र ८३९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना महामारीले १ लाख ६९ हजारभन्दा बढी जनाको ज्यान लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० चैत्र २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
‘चाडपर्व छोडेर काम खोज्न भारत’