नयाँदिल्ली । भारत सरकारले फेरि एकपटक रेमडेसिभिरको औषधि निर्यातमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि घरेलु बजारमा अभाव नहोस् भनेर भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले निर्यातमा रोक लगाउने निर्णय गरेको हो । कोरोना संक्रमितमाथि रेमडिसिभरको औषधि आपतकालीन प्रयोग गर्ने गरिएको छ ।
‘भारतमा कोरोनाको केसमा वृद्धि देखिएको छ । ११ अप्रिल (सोमबार) सम्ममा ११ लाख ८ हजार संक्रमित छन् र यो संख्या निरन्तर बढिरहेको छ । यसले गर्दा कोरोना बिरामीहरुको उपचारमा प्रयोग गरिने रेमडेसिभिर औषधिको माग ह्वात्तै बढेको छ । आगामी दिनमा यो माग अझै बढ्नेछ देखिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतमा विगत केही दिनयता संक्रमण तीव्र बनेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शनिबार एकैदिन १ लाख ५२ हजार नयाँ संक्रमित थपिएका छन् । जुन गत वर्ष महामारी सुरु भएयताकै सबैभन्दा बढी हो । भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढी नयाँ संक्रमित थपिएको यो छैटौं दिन हो । भारतमा हालसम्म कुल संक्रमितको संख्या १ करोड ३३ लाख नाघेको छ ।
त्यसमध्ये संक्रिय संक्रमितको संख्या दस लाखभन्दा बढी छ । त्यसैगरी दैनिक मृत्युदर पनि बढ्दो क्रममा छ । शुक्रबार मात्र ८३९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना महामारीले १ लाख ६९ हजारभन्दा बढी जनाको ज्यान लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० चैत्र २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा