काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ ।
विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।
आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल निकुञ्ज क्षेत्रमा पुग्यो ।
दमकलले ढडेलो नियन्त्रण गर्न कठिन भएपछि सेना र सिम्रिक एयरको हेलिकोप्टरले डढेलो नियन्त्रणको प्रयास गरेको महाराजगन्जका डीएसपी रोशन खड्काले जानकारी दिए ।
सैनिक मुख्यालय प्रमुख सेनानी दीपक भण्डारीका अनुसार सेनाका तीनवटा दमकल र सिम्रिक एयरका समेत गरी दुई हेलिकोप्टर डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा आएको थियो ।
मनाङका जंगलमा लागेको डढेलो अझै पूर्णनियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रूखका ठुटामा आगो बलिरहेको देखिन्छ । राज्धानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ३० चैत्र २०७७, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीका ९१ निजी वनमा २६ प्रजातिका बोटबिरुवा
बागलुङमा दुई हजार एक सय ७४ हेक्टर वनमा क्षति