आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०७७, ०६ : ५१
आजको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण पहाडी भूभागहरूमा आंशिक बदली  रहेको छ र बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाको पूर्वानुमानअनुसार आइतबार दिउँसो  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ।  

पहाडी भूभागका एक दुई स्थानमा अपरान्ह पछि मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।  यसैगरी राति पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहने छ ।

प्रतिक्रिया दिनुहोस