लम्सालको ‘पछ्यौरी पुरानो’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, २८ चैत्र २०७७, १३ : ४१
लम्सालको ‘पछ्यौरी पुरानो’ सार्वजनिक

काठमाडौं । नवगायक टंक प्रसाद लम्सालको ‘पछ्यौरी पुरानो’ बोलको गीत सार्वजनिक भएको छ । प्रेमिल शब्द समावेश गीत पुरुषोत्तम सिग्देलले लेखेका हुन् ।

गीतमा टंक प्रसाद लम्साल र देवी घर्ती मगरको स्वर रहेको छ । नवराज उप्रेतीले छायाङ्कन गरेको यस गीतको भिडियोलाई पुरुषोत्तम सिग्देलको अफिसियल युट्यब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

माया पिरतीको विषयवस्तुलाई आधार बनाएर तयार परिएको यस गीतको भिडियोमा ओबी रायमाझी, गिता ढुङ्गाना, हिमाल जिसी, यसु भट्टराई, सञ्जय सिग्देल, रचना जिसी, विना गिरी, कृष्ण लम्साल, आनन्द भण्डारी लगायतको अभिनय रहेको छ । चोखो माया गर्ने जोडीको बिषयलाई समेटिएको यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । 

स्याङ्जा जिल्ला हरिनास गाँउपालिकामा जन्मिएका लम्सालको यो दोस्रो गीत हो । यस अगाडि लम्सालले ‘खोलीको धयरी’ बोलको गीत ल्याएका थिए । 

(भिडियो)

 

प्रतिक्रिया दिनुहोस