काठमाडौं । पर्सा जिल्लाको विरगञ्जबाट हुण्डी कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ६० वर्षीय जोखन साई फकिर, ४५ वर्षीय तवारख देवान र ५० वर्षीय उमेश शर्मा छन् । बुधबार दिउँसो २ः३० बजेको समयमा विरगञ्ज महानगरपालिका–१० रानीघाट सडक खण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको १६ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
ना. ९२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकलमा आएका तवारख देवान र जोखन साईको साथबाट प्रहरीले उक्त रकम बरामद गरी थप अनुसन्धानका क्रममा सोही कारोबारमा संलग्न उमेश शर्मा पक्राउ परेका हुन् ।
उनीहरुमाथि वैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन विपरीत कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद ७ दिन म्याद थपी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २७ चैत्र २०७७, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट ४१ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ