काठमाडौं । अख्तियारको टोलीले ४० हजार घूससहित एक प्रहरी कर्मचारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग उनले सो घूस मागेको उजुरीको आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।
उनले रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २६ चैत्र २०७७, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ