काठमाडौं । अख्तियारको टोलीले ४० हजार घूससहित एक प्रहरी कर्मचारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय, सितागञ्ज सुनसरीमा कार्यरत प्रहरी जवान कासिन्दर यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सितागञ्जमा परेको उजुरी मिलाई दिने प्रयोजनका लागि सेवाग्राहीसँग उनले सो घूस मागेको उजुरीको आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई पक्राउ गरेको हो।
उनले रकम लिइसकेको अवस्थामा विराटनगर महानगरपालिका वडा नं ४ स्थित नोबेल मेडिकल कलेजको गेट नजिकबाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २६ चैत्र २०७७, २० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ