नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०७७, २२ : ००
नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित

नेपाल पत्रकार महासंघ मुस्ताङको अध्यक्षमा शुन्दर कुमार थकाली निर्वाचित भएका छन्।

बुधबार भएको निर्वाचनमा थकालिले १४ मत पाएर निर्वाचित भएका हुन् । उनी संयुक्त प्यानलबाट उमेदवार बनेका थिए । उनका निकटतम प्रतिद्धन्दी सुनदेवी रसाइलीले १२ मत ल्याएर पराजित भएकी छन् ।

त्यसैगरी उपाध्यक्षमा दुर्गादेबी रसाइलीले १४ मत पाएर निर्वाचित भएकी छन् । उनका प्रतिद्धन्दी आइतेलाल थकालिले ११ मत पाएका थिए । महिला तर्फको उपाध्यक्षमा तिष्णा गौचनले १४ मत पाएर विजयी भएकी छन् । प्रतिद्धन्दी सम्झना थकालीले ११ मत पाएकी थिइन् ।

त्यसैगरी सचिबमा शुशिलबावु थकाली (१४), सहसचिबमा समावेशी आदित्य रसाईली (१४), सहसचिबमा सरस्वती ल्वागुन (१४) ,कोषाध्यक्षमा फुलकुमारी नेपाली (१४) र केन्द्रीय परिषद सदस्यमा चन्द्रश्वर बास्ताकोटी (१५) मत ल्याएर निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ मुस्ताङमा कुल २८ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस