काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । हेटौँडा उपमहानगरपालिका–¬५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाराले अपहरण गरेको आरोपमा एक व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ । अपहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बाराका तत्कालीन प्रसौनी गाउँ विकास समिति¬–७ का बलिराम साहलाई २०६४ सालमा अपहरण गरेको र अपहरणबाट भागेर आएपछि निज साहले सोही समयमा दिएको उजुरीको आधारमा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
किराना पसल चलाउँदै गरेका शाहलाई १० जनाको समूहमा पसलबाट अपहरण गरी रु २० लाख फिरौती माग गरिएको थियो । अपहरणकारीको कब्जाबाट भागेर आएका साहले महतोविरुद्ध उजुरी दिएको बारा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २५ चैत्र २०७७, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ