काठमाडौं । प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदन समक्ष प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले उक्त समितिको बार्षिक प्रतिवेदन २०७७ पनि सदन समक्ष पेश गर्नुभयो ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गर्नुभयो । यसअघि बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूचीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुकामना व्यक्त गर्नुभयो ।
निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा उहाँ निर्वाचित भएको संसद् सचिवालयलाई यही चैत १९ गते जानकारी पठाएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २६ गते दिनको १ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २३ चैत्र २०७७, १९ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सबन्धी बिधेयक पेश गर्ने
प्रतिनिधिसभा बैठकमा तीन मन्त्रीले सांसदकाे प्रश्नकाे जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दैँ, यस्तो छ सम्भावित कार्यसूचि
प्रतिनिधिसभा बैठक सुरु, संसदीय छानबिन समिति गठनको माग