औद्योगिक चरित्र हालिस गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापीत हुन सकेन : नीर शाह

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १३ : १९
औद्योगिक चरित्र हालिस गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापीत हुन सकेन : नीर शाह

काठमाडौं । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हालिस गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापीत हुन नसकेको बताएका छन् । नेपाल चलचित्र निर्देशक समाजको १३ औं वार्षिक साधारणसभामा बोल्दै वरिष्ठ कलाकार शाहले चलचित्र क्षेत्रको विकासका लागि सरकारले नीति नियम बनाएपनि औद्योगिक चरित्र हासिल नभएसम्म उद्योगको रुपमा स्थापीत हुन नसक्ने बताए ।

यस्तै चलचित्र क्षेत्र आफै राष्ट्रिय स्तरको बन्न नसकेको पनि शाहले बताएका छन् । जुन भाषालाई मात्र लिएर दशकौं देखि सिनेमा बनेका छन त्यसकै आधारमा राष्ट्रिय भइसक्नुपर्ने तर त्यसो हुन नसक्नुको मुख्य कारण सबैले जान्ने र माया गर्ने भाषामा चलचित्रलाई प्रस्तुत गर्न नसक्नु नै रहेको उनले बताए ।

जबसम्म देश भरका सम्पूर्ण भाषा, संस्कृति, संस्कारलाई सन्तुलित ढङ्गबाट अगाडी बढाउन सकिन्न तबसम्म चलचित्र उद्योगले राष्ट्रिय स्वरुप हासिल गर्न नसक्ने पनि वरिष्ठ कलाकार शाहले बताए ।

कुनैपनि वित्तीय संस्था चलचित्र निर्माणका लागि वित्तीय सहायता दिन तयार नभएसम्म नेपाली चलचित्र क्षेत्र चलायमान बन्न नसक्ने पनि शाहको भनाई छ । देशभरका जुनसुकै भाषा, समुदाय, संस्कृति र संस्कारमा विश्वास गर्ने चलचित्रकर्मीहरु एकजुट भएर दरिलो वित्तीय संस्था गठन गर्न तत्पर हुन पनि आग्रह गरे ।

वित्तीय संस्था निर्माण गर्न सक्ने हो भने भोलिका दिनमा सम्पूर्ण मागहरुलाई सम्बोधन गर्न सकिने तर त्यसो हुन नसके आगामि दिनमा चलचित्र क्षेत्र अझ कठिन भएर जाने पनि शाहले बताए ।
 

प्रतिक्रिया दिनुहोस