छोरा विदेशमा भएको बेला बुहारीले गरिन् ससुराको हत्या

बुधबार, १४ चैत्र २०७४, १८ : ५४
छोरा विदेशमा भएको बेला बुहारीले गरिन् ससुराको हत्या

चन्द्र घलान
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाबाट एक वृद्धको हत्यामा संलग्न बुहारी र नातिनीलाई प्रहरीले पक्राउ गरेको छ । बकैया ७ हर्दामा बस्ने ५६ वर्षीय सुर्य बहादुर स्याङतानको हत्यामा संलग्न उनकी बुहारी ५६ वर्षीया ठुलीमाया स्याङ्तान र नातिनी १४ वर्षीया मनिता स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी ठुलीमाया स्याङतानको श्रीमान बिगत ३ वर्ष देखि बैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको प्रहरीले जनाएको छ ।   
वृद्धलाई हत्या गरेको आरोपमा पक्राउ परेका उनीहरु अनुसन्धानका क्रममा वास्तविक हत्यारा भएको खुलेको हो । चैत १२ गते राति घरायशी विवादका क्रममा धारिलो हतियार चक्कु प्रहार गरि हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।
ईलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगी लाश जाँच मुचुल्का तयार पार्दा बुहारी र नातिनीले चक्कु प्रहार गरेको भेटिएको हो । चैत १२ गते नै उनीहरुलाई पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस