बैंकिङ कसुरसम्बन्धी अपराधमा बैंक तथा वित्तीय संस्थाकै कर्मचारी धेरै

पत्रपत्रिकाबाट

सोमबार, २३ चैत्र २०७७, ०८ : ०७
बैंकिङ कसुरसम्बन्धी अपराधमा बैंक तथा वित्तीय संस्थाकै कर्मचारी धेरै

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अपराधमा बैंक तथा वित्तीय संस्थाकै कर्मचारीको संलग्नता धेरै रहेको भेटिएको छ । पछिल्लो पाँच वर्षमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेका बैंकिङ कसुरसम्बन्धी मुद्दामा यस्तो देखिएको हो। 

यो अवधिमा सीआईबीले २० मुद्दामा कारबाही गरेको छ । जसमा ५० जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी र १० जना सञ्चालक समितिका पदाधिकारीको संलग्नता भेटिएको सीआईबीले जनाएको छ ।

 यो गत साता राष्ट्र बैंकमा आयोजित बैकिङ कसुरसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सीआईबीका तर्फबाट प्रस्तुत तथ्यांक हो। सीआईबीका अनुसार पछिल्लो पाँच वर्षमा बैंकिङ कसुरसम्बन्धी १ सय ६७ मुद्दा दर्ता भएका छन् । तीमध्ये २० मुद्दामा प्रहरीले अनुसन्धान गरेको छ । 

जसमा हालसम्म १ सय ४ जना आरोपित (प्रतिवादी) पक्राउ परेका छन्। पक्राउ परेकामध्ये करिब आधा (५० जना) बैंक तथा वित्तीय संस्थाका कर्मचारी नै रहेको सीआईबीले जनाएको छ । कान्तिपुरमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस