अक्षय कुमार कोरोना भाइरस संक्रमित

एजेन्सी

आइतबार, २२ चैत्र २०७७, १० : २५
अक्षय कुमार कोरोना भाइरस संक्रमित

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार कोरोना संक्रमित भएका छन् । एक ट्वीटमार्फत् उनले आफू कोरोना संक्रमित भएको बताए ।

उनले लेखे, ‘म सबैलाई यो सूचना दिन चाहन्छु कि आज बिहान मेरो कोभिड रिपोर्ट आएको छ जसमा म कोभिड पोजेटिभ पाइएको छु । सबै नियमको पालना गर्दै मैले आफूलाई आइसोलेट गरेको छु र म होम क्वारेन्टिनमा छु र आवश्यक औषधी लिइरहेको छु ।’ 

उनले थप लेखे, ‘पछिल्ला दिन मसँग जो सम्पर्कमा आउनुभएको छ, म उहाँहरु सबैलाई यो अनुरोध गर्न चाहन्छु कि तपाईंहरुले पनि आफ्नो कोभिड परीक्षण गराउनुहोस् र आफ्नो ख्याल राख्नुहोस् । म चाँडै नै एक्सनमा फर्कनेछु ।’

प्रतिक्रिया दिनुहोस