काबुल । अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् । शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू घाइते भएको पनि अफगान रक्षा मन्त्रालयले पुष्टी गरेको छ ।
फरयाब प्रान्तमा २६ जना तालिबानी लडाकू मारिनुका साथै ३३ जना घाइते भएका छन् । तालिवान समूहको गढ मानिएको गुर्जिवान जिल्लाको सर्चाकान गाउँमा सेनाले कारबाही गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै, छिमेकी बाघलान प्रान्तमा नौ जना तालिबानी लडाकूको सैनिक कारबाहीमा मृत्यु भएको छ । मारिएकाहरुमा छ जना तालिबानका डिभिजनल कमान्डरहरु पनि रहेका छन् ।
सेनाले विद्रोही लडाकूबाट हातहतियार र धेरैवटा सवारी साधन पनि बरामद गरी ध्वस्त पारेको छ । यद्यपी तालिबान समूहले उक्त घटनाहरुका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।(सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २१ चैत्र २०७७, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने