१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने भारतीय युवक पक्राउ

रासस

शनिबार, २१ चैत्र २०७७, १४ : २८
१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने भारतीय युवक पक्राउ

वीरगञ्ज । धादिङकी १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेर फरार भएको आरोपमा प्रहरीले एकजना भारतीय युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला थाना आदापुर औरहिया पञ्चायत जमुनभरा घर भइ धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखु बजारस्थित मलेखु कार वास एण्ड वर्कसपमा काम गर्ने २५ वर्षका सन्तयाज हवारी रहेका छन्।

पक्राउ परेका हवारी गत चैत ८ गते बालिकालाई कोठाभित्र पसेर जबर्जस्ती करणी गरी फरार भएको प्रहरीले जनाएको छ।

जबर्जस्ती करणी गरी फरार भएको भन्ने इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट प्राप्त सूचनाको आधारमा हवारीलाई बाराको देवताल गाउँपालिका ७ पिपरपाती जब्दीमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका उनलाई थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय गजुरी धादिङ पठाइएको मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस