अमेरिकाको संसद भवन युएस क्यापिटल बिल्डिङ अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आतंकवादसँग सम्बन्धित नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ चैत्र २०७७, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’