अमेरिकाको संसद भवन युएस क्यापिटल बिल्डिङ अगाडि भएको आक्रमणमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । केही घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।यो घटनापछि संसद भवन वरपर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।
प्रहरीका अनुसार एक कार चालकले चक्कुबाट आक्रमण गरेका थिए । सुरुमा ब्यारिकेडमा कार ठोक्काएपछि उनले प्रहरी अधिकारीमाथि आक्रमण गरेका थिए । प्रतिरक्षामा प्रहरी अधिकारीले पनि कार चालकमाथि गोली चलाएका थिए । गोली लागेर ती कार चालकको पनि मृत्यु भएको बीबीसीले जनाएको छ ।
आक्रमणकारी २५ वर्षीय युवक हुन् । उनीविरुद्ध कुनै पनि प्रहरी रेकर्ड नरहेको र सेनासँग पनि सम्बन्ध नदेखिएको बीबीसीको समाचारमा उल्लेख छ ।वाशिङ्गटन डिसीका कार्यकारी प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा यो आक्रमण आतंकवादसँग सम्बन्धित नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ चैत्र २०७७, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’
सिरियामा अमेरिकाले सुरु गर्यो 'ठूलो सैन्य आक्रमण'
जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
पाकिस्तानी सैन्य चौकीमा तालिबानी आक्रमण, सीमामा भीषण झडप
इजरायली आक्रमणमा अल जजीराका पाँच पत्रकारको मृत्यु
कंगोमा विद्रोहीको आक्रमण, कम्तीमा ३८ जनाको मृत्यु