बिस्केट जात्राको तयारी, भैरवनाथको तीनतले रथ निर्माणको काम जारी

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, ०९ : ०८
बिस्केट जात्राको तयारी, भैरवनाथको तीनतले रथ निर्माणको काम जारी

काठमाडौं । कोरोना संक्रमणको जोखिमका बाबजुद भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ ।

परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो ।आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ । गत वर्ष कोरोना संक्रमणको जोखिमका कारण बिस्केट जात्रा मनाइएको थिएन ।

यस वर्ष समेत कोरोना संक्रमणको जोखिम कायमै रहे पनि सुरक्षित र मर्यादित ढंगले बिस्केट जात्रा मनाएर परम्परालाई निरन्तरता दिने तयारी गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले बताए ।बिस्केट जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका साथै आसपासका जिल्लाका हजारौं व्यक्तिहरुको सहभागीता रहने गर्दछ ।

प्रतिक्रिया दिनुहोस