सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् ।
बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो । अहिले घटनास्थलमा गुल्म नम्बर ४ सशस्त्र प्रहरी बल चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरसहितको सुरक्षाकर्मीको सहयोगमा घाइतेलाई उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल लैजाने तयारी भइरहेको सशस्त्र प्रहरी बल सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक विशाल सिलवाल बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २० चैत्र २०७७, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
कपिलवस्तुमा ट्रक र कार ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
ट्रकमा स्कार्पियो ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा भारतीय युवकको मृत्यु
कैलालीमा जिप र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु