काठमाडौं । करेन्ट लागेर यहाँका एक युवकको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–१२ भोटेगाउँका १९ वर्षीय राजु ढुङ्गानाको करेन्ट लागेर मृत्यु भएको हो ।
आज बिहान घर नजिकैको विद्युत्को पुरानो ट्रान्समिटर निकालेर नयाँ जडान गर्ने क्रममा ढुङ्गानालाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि फिदिमस्थित समर्पित अस्पताल भर्ना गरिएकामा दिउँसो चिकित्सकले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १९ चैत्र २०७७, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु