मिस वल्र्ड मानुषीले अमिर खानका साथ बलिउड इन्ट्री गर्ने

एजेन्सी

बुधबार, १३ मंसिर २०७४, १४ : २३
मिस वल्र्ड मानुषीले अमिर खानका साथ बलिउड इन्ट्री गर्ने

नयाँ दिल्ली – विश्वका १ सय १७ सुन्दरीलाई पछि पार्दै भारतका लागि १७ बर्षपछि ‘मिस वल्र्ड’को ताज दिलाएकी मानुषी स्वदेश फर्किएकी छन् । प्रतियोगिताको सफलतापछि ताजसहित जन्मथलो फर्किएकी छिल्लरले भबिस्यमा आफू सफल डाक्टर भएर चिनिन चाहेको बताएकी छन् ।


स्वदेश फर्किए लगतै उनले मुम्बईमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा समेत सहभागिता जनाएकी छिन् । उक्त कार्यक्रममा उनले केही बिषयमा आफ्नो बिचार समेत राख्ने अवसर पाइन् ।सोही अवसरमा उनलाई बलिउड अभिनयको बिषयमा पनि प्रश्न सोधिएको थियो । जवाफमा उनले बलिउड अभिनय तत्काल सोच नभएको बताइन् । उनले भनिन् ‘अहिले म आफ्नो अध्यायनलाई फोकस गर्न चाहन्छु ।’


यदि बलिउड अभिनयको सोच भयो, भने कुन हिरोकासाथ इन्ट्री मार्ने इच्छा छ ? एक पत्रकारले उनलाई प्रश्न तेस्र्याए । ‘मौका मिल्यो भने अमिर खानका साथ डेब्यु गर्ने इच्छा छ’ उनले अगाडि भनिन् ‘किनभने चलचित्रमा उनले धेरै च्यालेन्जिङ भुमिका निर्बाह गर्ने गरेका छन् । अर्काे कुरो उनी चलचित्रको माध्यमबाट केही न केही सन्देश दिने गर्दछन् ।’


मानुषीले प्रियंका बलिउडका अभिनेत्री सबैभनदा धेरै मनपर्ने अभिनेत्री भएको समेत बताएकी छन् ।
 

प्रतिक्रिया दिनुहोस