काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल -चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।बालुवाटारमा सोमबार आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्ध एक कदम अगाडि बढेको बताएका हुन् ।
‘कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान छन्’ उनले भने, ‘जनताको जीवन छ भने देश पनि चल्छ भन्ने मान्यता हामी अडिग छौं ।’ चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।
भारतबाट समेत प्राप्त खोपलाई मिश्रण नगरिकन दुबै डोज खोप लगाइने स्पष्ट पार्दै प्रधानमन्त्रीले खोपको प्रभावकारितालाई लिएर कतिपयले अवरोध सिर्जना गर्न सक्ने आंशका गरे । ‘उनीहरुको आशंकालाई मेट्न जानकारी दिनुपर्ने हुन्छ’ उनले भने ।
उनले दुबै छिमेकी मुलुकबाट प्राप्त खोपहरु प्रभावकारी रहेको समेत बताए । प्रधानमन्त्रीले खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिए । प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।
खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित थिए । चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताइन् ।
चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि सार्वजनिक प्रयोगका लागि भने सरकारले विश्व स्वास्थ्य संगठनको अनुमति कुरेर बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०७७, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी
विकास आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन
रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै प्रधानमन्त्री ओली