आज पहाड र हिमाली जिल्लामा होली मनाइँदै

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, ११ : ०७
आज पहाड र हिमाली जिल्लामा होली मनाइँदै

काठमाडौं । आज रङहरुको पर्व होली मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । भोलि तराईका जिल्लाहरुमा होली पर्व मनाइनेछ । 

होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र पहाडमा आज होली मनाइने भए पनि तराईंका जिल्लाहरुमा भने भोलि सोमबार भव्यताका साथ मनाइन्छ । यो वर्ष कोरोनाको दोस्रो लहर सुरु हुनसक्ने भन्दै ठूलो भीडभाड नगर्न र स्वास्थ्य सावधानीका उपाय अपनाएर मात्रै रङ खेल्न सरकारले आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस