जनमत

भरतपुर २७ नम्बर वडावासी भन्छन्, 'यसपटकको हाम्रो भोट प्रचण्डलाई'

बुधबार, १३ मंसिर २०७४, १२ : ४३
भरतपुर २७ नम्बर वडावासी भन्छन्, 'यसपटकको हाम्रो भोट प्रचण्डलाई'

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत दोस्रो चरणमा मंसिर २१ गते मतदान हुने चितवन जिल्लामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा जनलहर बढ्दै गएको छ । चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रचण्डलाई अत्याधिक बहुमतले जिताउन तीन नम्बर क्षेत्रका मतदाता आतुर छन् । प्रस्तुत छ, भरतपुर महानगरपालिका वडा नम्बर २७ का मतदाताको भनाइ :

हाम्रो भाग्य र भविष्य प्रचण्डसँग जोडिएको छ
लोकनाथ भण्डारी, पर्साढाप

वामपन्थी एकता चुनावपछि पनि कायम रहनु पर्छ । दुई पटकसम्म प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी चितवनको तीन नम्बर क्षेत्रबाट हुनु हाम्रो लागि ठूलो अवसर हो । प्रचण्डलाई कुनै पनि हालतमा पूर्ण बहुमतले जिताउनु पर्छ । वाम एकताबाटै जनताको कल्याण हुनेछ । देशको कल्याण हुनेछ । हाम्रो भाग्य र भविष्य प्रचण्डसँग जोडिएको छ ।

प्रचण्ड विजय अभियानमा हिँडेकी छु
कल्पना लामिछाने, मेघौली

दोस्रो पटक मंसिर २१ गते भोट दिँदैछु । यसअघि स्थानीय तह निर्वाचनमा भोट हालेकी थिएँ । म अहिले सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुरमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत छु । चुनावमा प्रचण्ड विजय अभियानमा हिँडेकी छु । अहिलेसम्म विकास हुन सकेन । अब हाम्रो ठाउँको विकास हुनुपर्छ । यसपटक यो ठाउँको विकास र देशको समृद्धिको लागि प्रचण्डलाई नै जिताउने हो ।

राष्ट्रिय व्यक्तित्व प्रचण्डलाई नै भोट दिन्छौँ 
बद्रीप्रसाद पौडेल, धर्मपुर

सत्ताभन्दा बाहिरका दलले विकास गर्न गाह्रो हुने रहेछ । यसपटक वाम गठबन्धनले सरकार बनाउने पक्का छ । त्यसैले वाम गठबन्धनका उम्मेदवारलाई जिताउनु नै बुद्धिमानी हुनेछ । राष्ट्रिय व्यक्तित्व प्रचण्डलाई चुन्ने अवसर आएको छ । तीन नम्बर क्षेत्रमा प्रचण्ड, कृष्ण भूर्तेल र रामलाल महतोसहित सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारलाई जिताउनु पर्छ । राष्ट्रिय व्यक्तित्व प्रचण्डलाई नै भोट दिन्छौँ ।

प्रचण्डले पक्का जित्नुहुन्छ भन्ने आशा छ
सरस्वती भण्डारी, मेघौली

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड घरदैलोमा आउनु भएको छ । हामीसँग सुखदुःखका कुराकानी गर्नुहुन्छ । तपाइँहरुको लागि के गर्नुप¥यो भनेर सोध्नुहुन्छ । दुईपटक प्रधानमन्त्री भइसकेको व्यक्ति उहाँलाई जिताउनु पर्छ । सबै पार्टीका आफ्ना उम्मेदवार छन् । मैले त प्रचण्डलाई नै भोट दिने हो । प्रचण्डले पक्का जित्नुहुन्छ भन्ने आशा छ ।

प्रतिक्रिया दिनुहोस