दाङ । शिकार खेल्न गएका एक जनाको गोली लागेर दाङको घोराहीमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।
घटनास्थल पुग्न तीनचार घन्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रोसंग हुन नसक्ने हुँदा घटनाबारे थप विवरण आउन बाँकी रहेको एसपी चन्दले बताए । प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि नियन्त्रणमा लिइसकेको एसपी चन्दले जानकारी दिए ।
गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।प्रहरीका अनुसार गुरुङको शव पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु