दाङ । शिकार खेल्न गएका एक जनाको गोली लागेर दाङको घोराहीमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेश चन्दले जानकारी दिए ।
घटनास्थल पुग्न तीनचार घन्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रोसंग हुन नसक्ने हुँदा घटनाबारे थप विवरण आउन बाँकी रहेको एसपी चन्दले बताए । प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि नियन्त्रणमा लिइसकेको एसपी चन्दले जानकारी दिए ।
गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।प्रहरीका अनुसार गुरुङको शव पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु