विश्वकप छनोटमा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ११ : ४७
विश्वकप छनोटमा फ्रान्स घरेलु मैदानमै बराबरीमा रोकियो

काठमाडौं । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा फ्रान्स युक्रेनसँग घरेलु मैदानमै बराबरीमा रोकिएको छ ।प्रेसनल किम्पेम्बेले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि विश्वकपकको साविक विजेता फ्रान्सले युक्रेनसँग १-१ को बराबरीमा रोकिएको हो ।

बराबरीपछि दुवैले समूह डी मा एकरएक अंक जोडेका छन् ।स्टेड डे फ्रान्समा बुधबार राति भएको खेलमा एन्टोनी ग्रीजमनले १९औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता जोगाउन सकेन । ५७ औं मिनेटमा फ्रान्सका किम्पेम्बेले आत्मघाती गोल गर्दा युक्रेनले खेल बराबरी गरेको हो।

यसै समूहको अर्को खेलमा फिनल्याण्ड र बोस्निया एण्ड हर्जगोभिनाले २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।आत्मघाती गोल मद्दतमा पोर्चुगल विजयीसमूह ए को खेलमा पोर्चुगलले आत्मघाती गोल मद्दतमा अजरवैजानलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको छ ।खेलको ३६औं मिनेटमा अजरवैजानका माक्सिम मेदभेदेभले आत्मघाती गोल गर्दा पोर्चुगलले अग्रता बनाएको थियो र त्यही गोल नै पोर्चुगलको जितमा निर्णायक बन्यो ।

यसै समूहको अर्को खेलमा सर्वियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३-२ ले पराजित गरेको छ ।जितपछि सर्विया र पोर्चुगलको समान ३ अंक छ । गोलअन्तरका आधारमा सर्विया पहिलो स्थानमा छ ।समूह एफमा बेल्जियमले वेस्लमाथि पुनरागमन जित हात पारेको छ । वेल्सले पहिले अग्रता लिएको स्थिति उलटाउँदै बेल्जियमले ३-१ को जित हात पारेको हो।

खलेको ११औं मिनेटमै ह्यारी विल्सनले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका थिए । २२औ मिनेटमा कभिन डे ब्रुएनाले बेल्जियमका लागि बराबरी गोल फर्काए । यस्तै २८औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए ।

रोमेलु लुकाकुले ७३औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि बेल्जियमले ३-१ को जित हात पार्दै ३ अंक जोडेको हो ।यसै समूहको अर्को खेलमा टोमस साउसेकको ह्याट्रिक मद्दतमा चेक रिपब्लिकले इस्टोनियालाई ६-२ ले पराजित गरेको छ । चेकका लाषि प्याट्रिक सिक, एन्टोनिन बाराक र जाकुब जान्क्तोले एक एक गोल थपे ।इस्टोनियाका लागि राउनो सापिननेन र हेनरी अनिएरले एक एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस