नेपालले आज कीर्गिस यु २३ सँग खेल्दै

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०७७, ११ : ३८
नेपालले आज कीर्गिस यु २३ सँग खेल्दै

काठमाडौं । किर्गिस्तानको ओलम्पिक यू २३ टिमसँग खेल्दै थ्री नेशन्स त्रिदेशीय कप फुटबल सुरु गर्दा घरेलु टोली नेपालको लागि धेरै कुराले अर्थ राख्दछ । नेपालको सिनियर टिमले लामो समयपछि दशरथ रंगशालमा खेल्दैछ । यस प्रतियोगिता खेल्ने टिममा पनि व्यापक हेरफेर छ ।

घरेलु मैदानमा घरेलु दर्शक र समर्थकको अघि खेल्ने अवसर आएको छ । यस्तै किर्गिस्तानलाई हराउँदै प्रतियोगिताको फाइनल पुग्ने अवसर पनि नेपाललाई छ ।

नेपाली फुटबल खेलाडीदेखि फुटबल समर्थकले पनि लामो समदेखि प्रतिक्षा गरेको समय आज आएको छ । हुनत नेपालको यू(२३ टिमले गत मंसिरमा भएको १३औं सागमा दशरथ रंगशालमा खेल्दै स्वर्ण पदक जितेको थियो।

उक्त टिमबाट खेलेका सुजल श्रेष्ठ, विकेश कुथु, सुनिल बल, अभिषेक रिजाल, अनन्त थापालगायत खेलाडी यसपटक पनि सिनियर टिमबाट खेल्दैछ । तर नेपालको सिनियर राष्ट्रिय टोलीको रुपमा भने ६ वर्षछि दशरथ रंगशालमा खेल्न लागेको हो ।

नेपालले पछिल्लो पटक सन् २०१५ मा भारतसँग विश्वकप छनोट खेल दशरथ रंगशालमा खेलेको थियो । त्यसयता दशरथ रंगशालको पूनर्निर्माण, भूकम्पको असरले गर्दा नेपालको यू २३ टिमले लामो समयपछि गत वर्ष दशरथ रंगशालामा खेल्न पाएको थियो ।

यस पटक सिनियर टिमले नै दशरथ रंगशालमा खेल्दैछ । किर्गिस्तानको यू २३ टिम भएकोले शनिबार बंगलादेशसँग खेल्दामात्र नेपालको खेलको अन्तर्राष्ट्रियस्तरको मान्यता पाउनेछ । तै पनि किर्गिस्तानविरुद्धको खेल नेपालको लागि लामो समयको प्रतिक्षापछिको खेल हुनेछ ।

यसका लागि खेलाडी र दर्शक दुवैको प्रतिक्षा छ कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको भनाइले समेत यो प्रष्ट पार्छ । ‘सुपर एक्साइटेड । नेपालमा खेल्न नपाको धेरै भयो । फ्यान र क्राउडको खेल्न उत्साहित छौँ,’ किरणले बुधबार प्रशिक्षण गर्नुअघि भनेका थिए ।

आइतबार भएको प्रिम्याच कन्फ्रेन्समा उपस्थित नेपालका उपकप्तान रोहित चन्दले पनि लामो समयपछि दशरथ रंगशालमा खेल्न लागेकोले सबै जना उत्साहित भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस