काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नकारात्मकतातिर गएको भन्दै भयावह हुन नदिन सतर्कता अपनाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले कोरोना भाइरसको संक्रमण पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दूरी कायम राख्नुपर्नेमा जोड दिए । कोरोना पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा रहिरहने भन्दै उनले सबै सचेत हुनुपर्ने बेला आएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले सरकारको निरोगी नेपाल स्वास्थ्य नीतिका कारण देशमा कोभिड–१९ को प्रभाव कम भएको दाबी गरे । उनले अहिले भयावहको स्थिति नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ चैत्र २०७७, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली