नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, तिनजना घाईते

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, २१ : १२
नारायणगढ–मुग्लिन सडक खण्डमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, तिनजना घाईते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुंँदा दुई जनाको मृत्यु भएको छ ।  तीनजना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा तनहुँ जिल्ला स्याम्घा नगरपालिका वडा नम्बर ४ का धर्मराज गौली र कास्की जिल्ला लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल रहेका छन् ।

यस्तै घाइते हुनेहरुमा लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का  कार चालक पदम सापकोटा, स्याङ्गजा जिल्ला विरुवा गाउंँपालिका वडा नम्बर ३ का प्रसाद थापा र तनहुँ जिल्ला व्यास नगरपालिका वडा नम्बर ६ का जसमान परियार रहेका छन् । 

दुर्घटना आज अपरान्ह साढे ४ बजे भरतपुर महानगरपालिका वडा नम्बर  २९ मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत दासढुङगामा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कार एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । 

कारमा सवार चालकसहित ५ जना घाईते भइ उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुरतर्फ ल्याउँदै गर्दा २ जनाको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस