होली पर्व घरमै मनाउन अपील

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, १८ : ०५
होली पर्व घरमै मनाउन अपील

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन अपील गरेको छ । कोरोना  संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार  जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’ रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । 

प्रतिक्रिया दिनुहोस