नेपालका कम्युनिष्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षड्यन्त्रमा लागेका छन् : नैनसिंह महर

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, ११ : २६
नेपालका कम्युनिष्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षड्यन्त्रमा लागेका छन् : नैनसिंह महर

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले नेपालका कम्युनिष्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षड्यन्त्र लागेको आरोप लगाएका छन् ।

स्कुल अफ डेमोक्रेसी एसओडी विराटनगरले मंगलबार यहाँ आयोजना गरेको एक कार्यक्रममा नेता महरले सभामुखले आफ्नो ड्युटी पूरा नगर्ने र सरकारले पनि संसदलाई बिजनेस नदिएर कम्युनिष्टहरुले संसदलाई बन्धक बनाएको बताए ।

संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रण गर्ने कम्युनिष्टहरुले जनतामा वितृष्णा फैलाउन खोजेका छन्,  नेता महरले भने, जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्न खोजेका छन् कम्युनिष्ट नामधारीहरुले । 

स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष समेत रहेका नेता महरले संसदको औचित्य र प्रभावकारिता बढाउन अब नेपाली काँग्रेसले गम्भीर ढंगले सोच्नुपर्ने बेला आएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस