गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल ३१११ रुपैयाँ

पत्रपत्रिकाबाट

मंगलबार, १० चैत्र २०७७, ०८ : २९
गहुँको सर्मथन मूल्य प्रतिक्विन्टल ३१११ रुपैयाँ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ । हालै बसेको मन्त्रिपरिषद् निर्णयले आर्थिक वर्ष ०७८-०७९ का लागि प्रतिक्विन्टल ३ हजार १ सय ११ रुपैयाँ मूल्य निर्धारण गरेको हो ।

गत वर्ष सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल ९६ रुपैयाँ बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा गहुँको समर्थन मूल्य तोक्नका लागि प्रस्ताव पेश गरेको थियो ।

सरकारले गत वर्षदेखि गहुँ र धानको समर्थन मूल्य निर्धारण गर्दै आएको छ । नेपालमा वार्षिक करिब २० लाख टन गहुँ उत्पादन हुने गर्छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस