चीर ठड्याएसँगै औपचारिक रुपमा होली पर्व सुरु

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, १० : ५४
चीर ठड्याएसँगै औपचारिक रुपमा होली पर्व सुरु

काठमाडौँ । आजबाट औपचारिक रुपमा होली पर्व सुरु भएको छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको हो ।  प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चिर उठाएपछि होली पर्व सुरु भएको मानिन्छ।

बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चिर उठाइएको थियो। चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो। 

प्रतिक्रिया दिनुहोस