जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, ०८ : ३५
जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेलको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।  

इलाका प्रहरी कार्यालय गीतानगरले आइतबार बिहान भाग्नेक्रममा हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको जनाएको छ । हात्तीले घर भत्काउन थालेपछि ती महिला घरबाट निस्केर भाग्ने कोशिस गरेकी थिइन् । हात्तीले   तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको छ । घरका अन्य सदस्यहरु भागेका थिए । 
 

प्रतिक्रिया दिनुहोस