संविधानको मूल्य र मान्यताबमोजिम सरकार अगाडि बढ्न दृढ : सुवासचन्द्र नेम्वाङ

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, २० : ४६
संविधानको मूल्य र मान्यताबमोजिम सरकार अगाडि बढ्न दृढ : सुवासचन्द्र नेम्वाङ

काठमाडौँ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार संविधानको मूल्य र मान्यताबमोजिम अगाडि बढ्न दृढ रहेको बताएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदा उपनेता नेम्वाङले सरकार संविधानले स्थापित गरेका मूल्य र मान्यताबमोजिम अगाडि बढ्नका लागि दृढ रहेको बताएका हुन् ।

हालसम्म नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै उनले विश्वासको मत फिर्ता लिएपछि पनि सरकार संविधानबमोजिम नै अगाडि बढ्ने बताए । ‘अहिले सरकार जुन आधारमा उभिएको छ । त्यो आधार अहिले विभाजित भएको छ तर विभाजनपश्चातको जुन दल छ त्यो दलले आफ्नो विश्वासको मत फिर्ता गरिसकेको अवस्था छैन । त्यसैले जबसम्म विश्वासको मत फिर्ता हुँदैन तबसम्म सरकारलाई विश्वास प्राप्त भएको मानिन्छ, र सरकार रहन्छ,' उनले थपे, 'जुन दिन विश्वासको मत फिर्ता हुन्छ त्यसपछि सरकार संविधानबमोजिम अगाडि बढ्छ ।’

कांग्रेस सांसद मिनेन्द्र रिजालले केपी ओलीको विकल्पको लागि नेपाली कांग्रेसभित्र एकमत रहेको बताए । सत्ता समिकरणका लागि जनता समाजवादी पार्टीको भूमिका महत्वपूर्ण हुने भएकाले जसपा कांग्रेस नेतृत्वमा सरकार बनाउन तयार भए कांग्रेस तयार रहेको प्रतिक्रिया दिए । 
 

प्रतिक्रिया दिनुहोस