जेल चलान

रिठ्ठे दर्जी पुरपक्षका लागी जेल चलान

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १९ : ०५
रिठ्ठे दर्जी पुरपक्षका लागी जेल चलान

मालपोत कार्यालय चितवनमा आर्थीक वर्ष २०७३/ ७४ र ७४/ ७५मा लेखा अधिकृत पदमा कार्यरत भरतपुर महानगरपालिका ११ बस्ने वर्ष ५९ को रिठ्ठे दर्जी पुरपक्षका लागी जेल चलान भएका छन्।

 राष्ट्यि बाणिज्य बैक भरतपुर चितवनको राजस्व दाखिला भौचर, बैंकको छाप, कर्मचारीको दस्तखत कीर्ते गरी रू१,१७,२४,५३८ रुपैया बैक दाखिला नगरी हिनामिना गरेको अभियोगमा पक्राउ परि चितवन जिल्ला अदालतको आदेशमा  सुक्रबार उसलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

दुई वर्ष अगाडी देखी फरार दर्जीलाई यहि फागुन १२ गते केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । 

प्रतिक्रिया दिनुहोस