चितवनमा  दुई दिन विद्युत कटौती हुने

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १२ : ५८
चितवनमा  दुई दिन विद्युत कटौती हुने

सांकेतिक तस्वीर

भरतपुर । चितवनमा दुई दिन विद्युत अवरुद्ध हुने भएको छ । मर्मतसम्भारका लाग यही चैत ७ र ८ गते दुई दिन १० घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ हो ।

 नेपाल विद्युत् प्राधिकरण हेटौँडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मतसम्भारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

हेटौँडा ग्रिड महाशाखाअन्तर्गतको १३२/३३/११ केभी भरतपुर सबस्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नाका साथै आवश्यक मर्मतसम्भार गर्न परेको विद्युत् कटौती गर्न लागिएको महाशाखाका इञ्जिनीयर राजु श्रेष्ठले जानकारी दिए ।

विद्युत् प्राधिकरण भरतपुरका अनुसार शनिबार र आइतबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् कटौती हुनेछ 

प्रतिक्रिया दिनुहोस