नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको अक्सन सुरु

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १२ : ४३
नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको अक्सन सुरु

काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको अक्सन सुरु भएको छ । अक्सन सोल्टी होटलमा सुरु भएको हो ।अक्सनमा कुल १४९ खेलाडी समावेश छन् ।

जसमध्ये ए क्याटेगोरीमा मा २८ जना, बी मा ६३ जना र सी मा ५८ जना छन् । एबाट ३ खेलाडी, बीबाट ४-६, सी बाट ५-७ जनासम्म खेलाडी अक्सनबाट लिन पाउने प्रावधान छ ।

अक्सनबाट हरेक टिमले १४ खेलाडी लिन पाउँछन् । त्यसका लागि रकम १५ लाख ५० हजार लिमिटेसन रहेको छ।क्याटेगोरी ए को खेलाडीको बेस प्राईज १ लाख, अधिकतम २ लाख सम्मको बोली लाग्नेछ ।क्याटेगोरी बी को खेलाडीको बेस प्राइज ५० हजार, अधिकतम १ लाख २० हजार सम्मको बोली लाग्नेछ ।

क्याटेगोरी सी को खेलाडीको बेस प्राइज २० हजार, अधिकतम ७५ हजारसम्मको बोली लाग्नेछ । ए क्याटेगोरीमा रहेका तेज तामाङलाई ६ टिमले अधिकतम २ लाख सम्मको बोली लगाएका थिए ।

लक्की ड्र बाट काठमाडौंले तेजलाई लिन सफल भयो।नेपाल स्पोर्ट्स एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एलएसएलमा ७ फ्रेन्चाईज टिमले प्रतिस्पर्धा गर्नेछन् । एनएसएल वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस