झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, १२ : १७
झलनाथ-माधव पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ११ जना स्थायी कमिटी सदस्यसहित शीर्षस्थ नेताहरुबीचको  छलफलपछि भेला सुरु भएको हो । 

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको भेला भोलिसम्म चल्ने छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इतर पक्षलाई  पेलेर जाने रणनीति अख्तियार गरेपछि खनाल नेपाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस