अवैध रुपमा नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नागरिक पक्राउ

रासस

बुधबार, ०४ चैत्र २०७७, ११ : २८
अवैध रुपमा नेपाल हुँदै भारत पुगेका दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । अवैध रुपमा नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुडीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएको र भारतको नक्कली आधारकार्ड रहेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ज्याङ जुन र काइ लेङ रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरु चीनबाट काठमाडौँ आई भारत प्रवेश गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। पक्राउ परेका चिनियाँ नागरिकहरु काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल–भारत सीमा क्षेत्रमा नक्कली आधारकार्ड देखाएर भारत प्रवेश गरेका थिए ।

उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्न खोजेका उनीहरूलाई चेकजाँचका क्रममा आवश्यक कागजात नभएको पत्ता लागेको सीआईएसएफको टोलीले जनाएको छ । हाल उनीहरूलाई बाघडुग्रा प्रहरी चौकीको हिरासतमा राखेर सोधपुछ गरिरहेको जनाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस