काठमाडौं । एमालेका झलनाथ खनाल–माधव नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पूर्वनिर्धारित राष्ट्रिय भेला तोकिएको स्थान र समयमा हुने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै उनले ओली समूहलाई ‘छुलिया ग्यांङ’ को संज्ञा दिँदै भ्रममा नपर्न अपील गरेका हुन् । उनले लेखेका छन्–‘‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।’
संस्थापन पक्षले पार्टीको तर्फबाट कुनै भेला नराखेको भनेर विज्ञप्ति जारी गरेपनि उनले यो प्रतिक्रिया व्यक्त गरेक हुन् । खनाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीविरुद्ध ललितपुरमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । यता प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि गुटको भेलामा सहभागी नहुन र भएमा कारवाही गर्ने उदघोष गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘निर्वाचनमा उम्मेदवार बन्ने मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ’: योगेश भट्टराई
हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई
‘राजनीतिमा बाह्य चुनौती बढिरहेको छ’: योगेश भट्टराई
म अन्तिम मतदाता ! : योगेश भट्टराई
हाम्रो उम्मेदवारी व्यक्तिगत हुन्छ, प्यानल बनाउँदैनौँ’ : योगेश भट्टराई
परिस्थितिले हामी सबैको विवेकको परीक्षा लिइरहेको छ : योगेश भट्टराई