काठमाडौं । एमालेका झलनाथ खनाल–माधव नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले पूर्वनिर्धारित राष्ट्रिय भेला तोकिएको स्थान र समयमा हुने बताएका छन् ।
सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा व्यक्त गर्दै उनले ओली समूहलाई ‘छुलिया ग्यांङ’ को संज्ञा दिँदै भ्रममा नपर्न अपील गरेका हुन् । उनले लेखेका छन्–‘‘छुलिया ग्यांङको कुप्रचारको भ्रममा नपर्नु होला । नेकपा एमालेको आज र भोलिको राष्ट्रिय भेला तोकिएको समय र स्थानमा हुनेछ ।’
संस्थापन पक्षले पार्टीको तर्फबाट कुनै भेला नराखेको भनेर विज्ञप्ति जारी गरेपनि उनले यो प्रतिक्रिया व्यक्त गरेक हुन् । खनाल–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीविरुद्ध ललितपुरमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । यता प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि गुटको भेलामा सहभागी नहुन र भएमा कारवाही गर्ने उदघोष गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०७७, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन्: योगेश भट्टराई
मदन भण्डारीले फरक मत राख्नेलाई कहिल्यै दलाल भन्नुभएन: योगेश भट्टराई
योगेश भट्टराईको कटाक्ष : 'ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ'
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई