कांग्रेस नेता जोशीको अवस्था गम्भीर, नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार हुँदै

सफल खबर संवाददाता

बुधबार, ०४ चैत्र २०७७, ०८ : ३८
कांग्रेस नेता जोशीको अवस्था गम्भीर, नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं । कांग्रेस नेता नवीन्द्रराज जोशीको उपचार जारी रहेको उनी उपचाररत नर्भिक अस्पतालले जनाएको छ । बुधबार बिहान ७ बजे अस्पतालले एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री समेत रहेका जोशीको अवस्था गम्भीर रहेको र हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको स्पष्ट पारेको छ । 

‘फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो ।

तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस