राष्ट्रपति विद्यादेवी भण्डारीको बैठकमा कोको पुगे ? कोको पुगेनन् ?

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १७ : ३०
राष्ट्रपति विद्यादेवी भण्डारीको बैठकमा कोको पुगे ? कोको पुगेनन् ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको छ । 

तर, बैठकमा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने सहभागी भएका छैनन् ।

खनाल–नेपालले बुधबारका लागि तय भएको राष्ट्रिय भेलाको तयारी गर्नुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताएका छन् भने भट्टराई चाहिँ पार्टीबाट अन्य नेतालाई पठाएर आफू नगएका हुन् । देशमा राजनीतिक जटिलता उत्पन्न भइरहेको बेला राष्ट्रपतिले दलहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिनिधिसभामा एमाले, काँग्रेस, माओवादी केन्द्रसहित जसपा, जनमोर्चा, मजदुर किसान पार्टी र राप्रपाको प्रतिनिधित्व रहेको छ । 

प्रतिक्रिया दिनुहोस