जनमत

पाटी भन्दा पनि व्यक्तिलाई भोट दिनु उचित छ, प्रचण्डलाई जिताए धेरै विकास हुन्छ

मंगलबार, १२ मंसिर २०७४, १८ : ००
पाटी भन्दा पनि व्यक्तिलाई भोट दिनु उचित छ, प्रचण्डलाई जिताए धेरै विकास हुन्छ

भरतपुर । मंसिर २१ मा हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन आउन अब केहि दिन बाकी छ । देशका कतिपय स्थानहरु यस्ता छन् कि सबैले चासोको साथमा हेरि रहेका छन् । नेपाली राजनीतिका शिर्षस्थ नेता तथा पाटीका अध्यक्षको उम्मेदवारी दिइएको क्षेत्रमा सबैले चोसोको साथमा हेरेको देखिन्छ । यस्तै चासोको साथमा हेरिएको क्षेत्र हो चितवन क्षेत्र नं ३ । चितवन क्षेत्र नंं ३ मा प्रतिनिधी सभाका लागि माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा वन मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेको उम्मेदवारी छ ।

पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बामगठबन्धका साझा उम्मेदवार हुनुहुन्छ भने कांग्रेसको सर्मथनमा लोकतान्त्रीक गठबन्धनबाट मन्त्री पाण्डे हुनुहुन्छ । मतदाताहरु आफना मागहरु कसले सम्बोधन गर्न सक्छ त्यसलाई मतदान गर्ने पक्षमा छन् । यसै सन्दर्भमा हामीले क्षेत्र नं. ३ का केहि स्थानमा मतदाताहरुसगँ यस पटकको तपाईको मत कसलाई भनी सोधेका छन् । अबको क्रममा उनीको विचार जस्ताको त्यस्तै ।

भरतपुर ६ चोक बजारका कमल बरालले यसपटको निर्वाचनमा बामगठबन्धनलाई मतदात गर्ने बताउनु हुन्छ । उहाले भन्नुभयो– प्रचण्ड राष्ट्रिय स्तरको नेता पनि हुनु हनुहुन्छ । यो हाम्रो चितवनलाई केहि गर्नु हुन्छ की ? त्यही भएर प्रचण्ड जी लाई नै भोट दिने बिचारमा छु । उहाँ पहिलो पटक आउनु भएको छ । उहाँ अझ शिवनगरको हो । हामीले चिनेका पनि छौ नी त । त्यही भएर यसपटक उहाँलाई नै भोट हाल्ने हो । केहि गर्नु हुन्छ की भन्ने आशा लागेको छ । पहिला ७० सालमा सुशिल कोईरला यसै क्षेत्रबाट चुनाव लडे पनि पछि नेपालगञ्ज जानुभयो । सधै भरि सरकार परिवर्तन भईरहने भएर विकास भएन । अहिले उहाँ बामगठबन्ध गरेर चुनावमा आउनु भएको छ । खुसी छु नेपालमा जम्मा २ वटा मात्र दल भयो भने राम्रो हुन्छ ।

यस्तै भरतपुर ६ गितानगरका नारायणदक्त मिश्र भन्नुभयो–विक्रम पाण्डे र माओवादीबाट उठनु भाछ रे । नेताहरुले गफ मात्रै गरे । काम गरेन् त्यही भएर भोट हाल्नी दिनमा कसलाई हुन्छ निधो छैन । अहिलेसम्म स्वतन्त्र भोट दिन पाईएन अहिले ९१ बर्ष भए । अब छोरा नातीले कहाँ हाल्नी भन्छन् त्यही हाल्ने हो । अहिले भनेर भएन अब त्यही दिन नै थाहा हुन्छ । धेरै जानलाई हाल्यिो । जितेर पनि जानुभयो । खोई अहिले सम्म विकास भएन् । अब बुढो मान्छे आखाँ देख्दिन अब छोरा नातीको भनाईमै हाल्ने हो ।

भरतपुर ६ देबनगरका अर्का मतदाता जगदिश तिवारीले भन्नुहुन्छ–यो ठाँउमा जनताले धेरै आशा गरेका छन् । नेताहरुले चुनाव प्रचार प्रसारको बेला धेरै विकास गर्नुहुन्छ तर केहि भएन । मुखले भन्नु हुन्छ व्यवहारमा लागु हुदैन । भोट हाले पछि सबै बिर्सीनु हुन्छ । यहि नराम्रो बानी हो उहाँहरुको ,अब भोट हाल्ने बेला दिमागले के भन्छ त्यही भोट हाल्छु ।  गोप्य मदतान हो अहिले भन्न मिल्दैन । खुल्ला मतदान होईन  । १२ दिन बाकी नै छ अझै हेरम त्यो बेला सम्म के हुन्छ । बिचार चाही समक्षलाई हालौ भन्ने छ ।

भरतपुर १४ सुन्दरबस्तीका खेम भट्ट भन्नुहुन्छ देशको राजनीतिले नै देशलाई निमार्ण गर्छ ,विखण्डन गर्छ मलाई थाहा छ । एउटा राजनीतिक व्यक्तित्व वा संसारलाई नै सन्देश दिन सक्ने प्रचण्ड यस ठाँउमा उम्मेदवारी पाएका र्छौ । प्रचण्डलाई भारी मतका साथ विजयी गराउने योजनामा छु । हामीलाई बिकास चाहिएको छ ,निमार्ण चाहिएको हाम्रा स्रोत साधानबाट सुन फलाउन सकिन्छ । विक्रम पाण्डे समित विकास त गर्न सक्नु हुन्छ भने राष्ट्र नै निमार्ण गर्न सक्ने मान्छे मा त फरक हुन्छ नी । नीति बनाउने मान्छे र नीति भित्र रहेर काम गर्ने मानिसमा त फरक हुन्छ नि । राष्ट्र प्रचण्ड नै हो । त्यसैले प्रचण्डलाई नै जिताउनु पर्छ भन्ने मेरो विचार छ ।

त्यसतै चित्रवन नगरपालिका प्रकाश तमाङले यस पटक भोट प्रचण्डलाई नै दिने हो भन्नुभयो । मैले विश्लेषण गर्दा प्रचण्डलाई नै जिताउनुपर्छ । अहिले पाटी भन्दा पनि व्यक्तिलाई हेर्नुपर्छ । विकास र राजनीतिक दृष्टीकोणमा विक्रम पाण्डे भन्दा उहाँ अगाडी हुनुहुन्छ । हामीले मुल्याङकन समयमै गर्नु पर्छ । प्रचण्डलाई भोट हाल्दा उचित होला जस्तो छ । विकासमा प्रचण्ड जति पाण्डले गर्न सक्नुहुन्छ । म नेपाली कांग्रेस हुँ अहिले पाटी भन्दा पनि व्यक्तलाई रोज्दा सबैलाई राम्रो हुन्छ जस्तो लाग्छ । उहाँ राष्ट्रीय स्तरको नेता हो त्यसैले बढी विश्वास गरेको छु मैले । हाम्रो लागि यो सुनौलो अवसर पनि हो । सबैले विचार गर्नु पर्छ जस्तो लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस