राष्ट्रपतिले बोलाएको बैठकमा नेपाल, खनाल र भट्टराई सहभागी नहुने

नेकपा माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी हुने

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १५ : २५
राष्ट्रपतिले बोलाएको बैठकमा नेपाल, खनाल र भट्टराई सहभागी नहुने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न मंगलबार दिउँसो ४ बजे शीतलनिवासमा सर्वदलीय बैठक बोलाएकी छन् । 

बैठकमा एमाले नेताहरु माधव नेपाल र झलनाथ खनालसँगै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पनि सहभागी नहुने भएका छन् । 

नेता बिष्णु रिजालका अनुसार नेता नेपाल र खनाल राष्ट्रपति भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।

नेकपा माओवादी केन्द्रबाट भने अध्यक्ष पुष्पकमल दाहाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस